दफा १७
सहप्रमुख आयुक्त

(१) प्रमुख स्काउटले प्रमुख आयुक्तको सिफारिसमा आयुक्तहरू मध्येबाट एक जना महिला र एक जना पुरुष गरी दुईजनालाई सहप्रमुख आयुक्तको पदमा नियुक्ति गर्नेछ ।

(२) सहप्रमुख आयुक्तको पदावधि चार वर्षको हुनेछ ।

(३) प्रमुख आयुक्तको अनुपस्थितिमा सहप्रमुख आयुक्तहरू मध्ये वरिष्ठ सहप्रमुख आयुक्तले प्रमुख आयुक्तको काम गर्नेछ ।

(४) सहप्रमुख आयुक्तको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।